मूल खबर

स्पष्टीकरणमा चित्त नबुझेपछि प्रेस काउन्सिलले ऋषि धमलालाई बयानका लागि बोलायो

काठमाडौं। प्रैकाउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ।

चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा पुगेको भन्दै काउन्सिलले यसअघि धमलालाई स्पष्टीकरण सोधेको थियो।
धमलाले बुझाएको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि उनलाई काउन्सिलले सोमबार १२ बजे बयानका लागि बोलाएको हो।

नेपाल बार एसोसियनका उपाध्यक्ष रक्षा बस्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलसहित आचार संहिता अनुगमन समितिले धमलाको जवाफ चित्त बुझ्दो नभएको भन्दै बयानको लागि बोलाउन सिफारिस गरेको थियो।

धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। धमलाले ुजनतालाई छिटो समाचार दिँदा गल्ती भएकोु स्पष्टीकरणमा उल्लेख गरेका छन्। प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन्।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button