
मेचीनगर । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले सामाजिक सञ्जाल मार्फत एमाले परित्याग गरेको घोषणा गरेकाछन् । मेचीनगर ६काकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजक समेत रहेका थिए । तत्कालिन काँकरभिट्टा गाविसका अध्यक्ष समेत रहेका उनले आफु स्वतन्त्र रहेर बस्ने निणर्य गरेकाछन् ।

घिमिरे आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी रहेका थिए । उम्मेद्वार छनौटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेका थिएनन् । उम्मेद्वार छनौटका क्रममा नेताहरुले आफु बिरुद्ध षणयन्त्र गरेर उम्मेद्वारका रुपमा छनौट हुन नदिएको नेता घिमिरेले आरोप उनले लगाएकाछन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार अब केही बेरमै उनले विज्ञप्ति मार्फत एमाले पार्टी परित्याग गरेको थप सार्वजनिक गर्ने बुझिएको छ । घिमिरे यस मेचीनगरका एमालेका लोकपृय नेताका रुपमा समेत परिचित थिए । घिमिरेले एमाले परित्याग गरेको घोषणाले आसन्न निर्वाचनमा मेचीनगरमा एमालेलाई ठूलो धक्का लाग्ने एक थरि एमाले कार्यकर्ताको बुझाई रहेको छ ।



