
मेचीनगर । नेकपा(एमाले)र नेकपा(एस)का युवाहरु राप्रपामा प्रवेश गरेकाछन् ।राप्रपा मेचीनगरका नेता सुशील आचार्यका अनुसार एमाले र एसका १५ जना युवाहरु राप्रपामा प्रवेश गरेका उनले बताए ।


आचार्यका अुनसार नेकपा(एस)का चेतनाथ पौडेल(चेतन)सरोज पौडेल र राज बिश्वकर्मा लगायतका युवाहरु राप्रपामा प्रवेश गरेको उनले बताए । नव प्रवेशीहरुमा चेतनाथ पौडेल युवा संघ नेपाल झापा जि क उपाध्यक्ष (नेकपा एस),राज बिश्वकर्मा युवा संघ नेपाल मेची नगरकमिटीका सदस्य र सरोजपौडेल युवा संघ नेपाल मेची नगर कमिटी सदस्य )एमाले)का रहेको आचार्यले चौतारी पोष्ट अनलाइनलाई बताए ।





