मूल खबर

माओवादी मायाँले ताने पछि तिलक फर्के नेकपा(माओवादी केन्द्र)मा

मेचीनगर । केही समय अघि मात्र नेकपा(माओवादी केन्द्र)बाट एमाले प्रवेश गरेका मजदुर नेता तिलक दर्जी पुनः माओवादी केन्द्रमै फर्किएकाछन् । सामाजिक सञ्जालमार्फत उनले आफु माओवादीमा फर्केको सार्वजनिक गरेकाछन् । सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै तिलकले आफ्नो राजनीतिक वैचारिक मन माओवादी केन्द्रमै रहेका कारण आफु नेकपा(माओवादी केन्द्र)मै फर्केको उल्लेख गरेकाछन् ।(विज्ञप्ति हेर्नुहोस)

 

नेकपा(एमाले) मेचीनगर नगर कमिटी सदस्य र मजदुर बिभाग प्रमुखका रूपमा कार्यरत मैंले उक्त जिम्मेवारीमा नरहने घोषणा गर्दै एमाले पार्टी परित्याग गरेको छु। यस जिम्मेवारीका लागि म एमालेप्रति हार्दिक कृतज्ञ छु। र, म आजैदेखि नेकपा(माओवादी केन्द्र)मा आवद्ध भएको छु।

मेरो राजनीतिक जीवनको पृष्ठभुमि माओवादी नै थियो। मजदुर राजनीतिमा अगाडि बढ्दैगर्दा आम श्रमजीवी हीतको पार्टी देखेर नै म माओवादीमा आवद्ध भएको थिएँ। पार्टी निकट अखिल नेपाल चिया मजदुर संघको केन्द्रीय सचिबसम्मको भूमिकामा म थिएँ।

०७५ मा एमाले र माओवादी केन्द्रको एकता भएपछि हामी सबै स्वतस् नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भयौं। माओवादी जनयुद्धका महान उपलब्धिहरू स्वीकार गर्दै सिद्धान्तका रूपमा ुजनताको जनवादुमा सहमत भएर एकीकृत कम्युनिष्ट पार्टी बन्ने त्यो प्रक्रिया आफैंमा ऐतिहासिक थियो।

तर बिबिध कारणले त्यो एकता बच्न सकेन। एमाले र माओवादी केन्द्रले आ(आफ्नै बाटो लिंदा म एमालेतिर रहें। एमालेले मलाई बिश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकै हो। तर जब बिचार, सिद्धान्त, देशमा युगान्तकारी परिवर्तनको आधार, सामाजिक न्याय सहित समाजवादको आधार र अबका नीतिगत प्राथमिकताका कुरा आउँछन्, मलाई भित्रैदेखि उकुसमुकुस हुन्छ। के म मनैदेखि एमाले हुँरु भन्ने अन्तरद्वन्द्वले मलाई चिमोट्छ। आफ्नो अन्तर मनलाई र आफु संगठीत भएको पार्टीलाई मैंले धोका दिन मिल्दैन। त्यसैले एमालेका साथीहरूसंग सौहार्द संबन्ध हुँदाहुँदै पनि म माओवादी केन्द्रमा आबद्ध भएको हुँ। साथीहरू अन्यथा नबुझ्नुहोला, यसको एउटै कारण बिचार(सिद्धान्त मात्रै हो।

म मजदुर बर्गले, आम शोषितपीडितले र जनताको झुपडीले न्याय पाउने आमूल परिवर्तनको राजनीतिप्रति बिश्वास गर्छु। त्यही बिश्वासले मलाई फेरि जनताको प्यारो पार्टी माओवादी केन्द्रमै ल्याइपुर्‍याएको छ। पार्टीले दिने जुनकुनै उचित जिम्मेवारीमा म आफ्नो क्षमताले भ्याएसम्म दत्तचित्त हुनेछु। क्रान्तिकारी अभिवादन सहित

तिलक दर्जी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button