
मेचीनगर । आसन्न स्थानीयतहको निर्वाचनका लागि झापामा नेपाली कांग्रेसले आफ्नो सबै उमेदवार टुंगो लगाएको छ । गएराति प्रदेश समितिले एक नम्बर प्रदेशका अधिकांश पालिकामा उमेदवारको टुंगो लगाएको हो ।
मनोनयन दर्ताको आज अन्तिम दिन बिर्तामोड नगरपालिकाको मेयरमा नेपाली काँग्रेसकातर्फबाट भोजराज सिटौला उम्मेदवार बन्ने भएका छन् ।
गठबन्धनका तर्फबाट बिर्तामोडको मेयर कांग्रेस र उपमेयर माओवादीले पाएको हो ।
त्यस्तै, बाह्रदशी गाउँपालिकाको अध्यक्षमा खड्ग राजवंशी, भद्रपुरको मेयरमा गणेश पोखरेल, कन्काईको मेयरमा रूद्र चिमरिया, गौरादहको मेयरमा रोहित शाह, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा फूलवती राजवंशी, शिवसताक्षी नगरपालिकाको मेयरमा पर्शुराम ढुंगाना, कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई, झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण शाह ,कचनकवल गाउँपालिकाको अध्यक्षमा कालेन्द्र राजवंशीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ ।
त्यस्तै मेचीनगर नगरपालिकाको मेयरमा केशव पाण्डे र हल्दिबारी गाउँपालिकाको अध्यक्षमा तुलसी ओलीलाई उम्मेदवार बनाउने भएको छ ।



