मूल खबर

‘इन्द्र बुढाथोकी’ लाई जिताउन मेरो उम्मेद्वारी फिर्ता लिएं : कञ्चन बराल

मेचीनगर । पार्टीले टिकट नदिएको भन्दै मेचीनगर वडा नं. ७ को वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेद्वार दर्ता गराउनु भएका नेपाली काँग्रेस मेचीनगर ७ का सभापति कञ्चन बरालले आफ्नो उम्मेद्वारी फिर्ता लिएको बताउनु भएको छ ।

बरालले आज एक बिज्ञप्ती जारी गर्दै नगरप्रमुखका लागि काँग्रेसका उम्मेद्वार इन्द्र बहादुर बुढाथोकीलाई विजयी बनाउन आफुले उम्मेद्वारी फिर्ता लिएको बिज्ञप्तीमा उल्लेख गर्नु भएको छ । बरालले बिज्ञप्तीमा भन्नुभएको छ, ‘मैले सम्मान गर्ने मलाई धेरै पटक सहयोग पुर्याउनु भएका मेरो नेता जस्को नेतृत्वमा मैले एक कार्यकाल वडा सभापति भई काम गरिसकेका दाई इन्द्र बुढाथोकी नै मेयरको प्रत्यासी भएका बेला यो अप्रिय निर्णय लिन मलाई मेरो धमनी भित्र बग्ने रगतले रोक्यो, छेक्यो । अन्तत आफ्ना केही सर्तहरु नराखी निसर्थ आजको मितिबाट मैले मेरो स्वतन्त्र उम्मेद्वारी फिर्ता लिने निर्णय गरेको छु ।’

पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारी निर्वाह गरेको र आफुले पाएको सबै कामलाई इमान्दार पुर्वक पुरा गरेको भए पनि नेताको चाकडी नगरेका कारण आफुले वडा अध्यक्षको टिकट नपाएको बरालले बताउनु भयो ।

आफ्नो उम्मेद्वारीले काँग्रेस कार्यकता र शुभचिन्तकहरुमा ठुलो अन्योल भएको र त्यसले नगरप्रमुखका उम्मेद्वार इन्द्र बुढाथोकी नेतृत्वको गठबन्धनका उम्मेद्वारहरुलाई नै नकरात्मक असर पर्ने भएकाले आफुले उम्मेद्वारी फिता लिएको बरालले स्पष्ट पार्नु भयो ।

अब सम्पूर्ण कुरा बिर्सिएर काँग्रेस नेतृत्वका गठबन्धन दलका सबै उम्मेद्वारलाई चुनाव जिताउने गरी वडामा नेतृत्व गरेर चुनावी अभियान सञ्चालन गर्ने बरालले सेतोपत्रलाई बताउनु भयो ।(सेतोपत्र अनलाइनबाट साभार समाचार)

बरालले सार्वजनिक गर्नु भएको प्रेस बिज्ञप्ती ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button