खेलकुद

नेपोलीको आधा दर्जन गोल

एजेन्सी – इटालियन सिरी ‘ए’ को उपाधि दौडमा रहेको नेपोलीले सानदार जित निकाल्दै उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।घरेलु मैदानमा सस्सुलोलाई ६–१ ले पराजित गर्दै नेपोलीले सिरी ‘ए’ को शीर्ष टोली एसी मिलान र इन्टर मिलानमाथि दवाव बढाएको हो ।

स्टेडियो डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीको फराकिलो जितमा ड्रिएस मेर्टिन्सले दुई तथा कलिडिउ कोउलीवेली, भिक्टर ओसिमहेन, हिर्भिङ लोजानो र अमिर आररमानीले समान एक गोल गरे । सस्सुलोका म्याक्सिम लोपेजले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलमा नेपोलीले सुरुवाती २१ मिनेटभित्रै ४–० को फराकिलो अग्रता लिन सफल भएको थियो । त्यसपछि दोस्रो हाफमा दुई गोल थप्दा एक गोल बेहोरेको थियो ।

सातौ मिनेटमा कलिडिउ कोउलीवेलीले गोल गर्दै नेपोलीलाई अग्रता दिलाए । १५औं मिनेटमा भिक्टर ओसिमहेनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । १९औं मिनेटमा लोजानोले तथा २१औं मिनेटमा मेर्टिन्सले गोल गर्दै नेपोलीलाई पहिलो हाफमा ४–० को आरामदायी अग्रता दिलाए ।

५४औं मिनेटमा मेर्टिन्सले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे । ८०औं मिनेटमा अमिर आररमानीले गाल गरेपछि नेपोली ६–० ले अघि बढ्यो। ८७औं मिनेटमा म्याक्सिम लोपेजले गोल गर्दै खेललाई ६—१ को अवस्थामा ल्याए ।

यो जितसँगै तेस्रो स्थानमा रहेको नेपोलीले शीर्षस्थानको मिलानसँग ४ तथा दोस्रो स्थानको इन्टरसँगको अंक दुरी २ मा छोट्याएको छ । नेपोलीको ३५ खेलबाट ७० अंक पुगेको छ । एक खेल कम खेलेका मिलानको ७४ तथा इन्टरको ७२ अंक छ । पराजित सस्सुलो ४६ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button