मूल खबर

बुद्ध एयर काउन्टर तोडफोड गर्नेलाई कारबाही नगरे हवाई सेवा बन्द गर्ने आयोनको चेतावनी

बुद्ध एयरका कर्मचारीमाथि आक्रोश पोख्दै सांसद साह।

जनकपुर- निजी क्षेत्रका वायुसेवा सञ्चालकले बुद्ध एयरको काउन्टरमा तोडफोड गर्नेमाथि सरकारले कारबाही नगरे जनकपुरका सबै उडान तथा अवतरण बन्द गर्ने चेतावनी दिएका छन्।

सोमबार दिउँसो जनकपुर विमानस्थलस्थि बुद्ध एयरको काउन्टरमा तोडफोड गर्नेमाथि सात दिनभित्र कारबाही गर्न वायुसेवा संचालक संघ (आयोन)ले अल्टिमेटम समेत दिएको छ।


सो समयसीमाभित्र कारबाही नगरे उडान तथा अवतरण बन्द गर्ने आयोनले चेतावनी दिएको हो।

सोमबार दिउँसो बुद्ध एयरको काउन्टर राजपा सांसद प्रमोदकुमार साहले तोडफोड गरेका थिए।

वायुसेवा प्रदायकमाथिका यस्ता गतिविधि निरन्तर दोहोरिएको भन्दै सुरक्षाका कारणले पनि उडान बन्द गर्नु पर्ने अवस्था आउने आयोनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सर्लाही १ का सांसद साहले बुद्ध एयरको जहाज उडानमा ढिलाइ भएको भन्दै विमानस्थल काउन्टरमा तोडफोड गरेका थिए।

तोडफोडबाट बुद्ध एयरको काउन्टरको सीसाका साथै कम्प्युटरमा क्षति पुगेको छ।nepallive/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button