मूल खबर

मेचीनगर ६ मा गठबन्धनका उम्मेदवार जनताको घरदैलोमा

मेचीनगर । मेचीनगर नगरपालिका वडा नम्बर ६ मा गठबन्धनका साझा उम्मेदवारहरु घरदैलो अभियान सक्रिय भएकाछन ।

बैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका वडा नं ६ का वडाध्यक्षका उम्मेदवार ललित बहादुर तामाङ, वडा सदस्यका उम्मेदवारहरु जितबहादुर बस्नेत (कृष्ण), वडा सदस्य ओम प्रकाश खापुङ, महिला वडा सदस्यका उम्मेदवार शशि राई र दलित महिला सदस्यका उम्मेदवार अञ्जली बिकले चुनावी अभियानलाई तिब्रता दिएका हुन् ।

आइतबार नक्लवन्धबाट सुरु भएको घरदैलो अभियान भट्टराई चौकमा पुगेर सम्पन्न भएको निर्वाचन परिचालन समिति मेचीनगर वडा६ का संयोजक पशुराम सुवेदी (पारस) ले बताए । उक्त चुनावी घरदैलो अभियानमा जसपाका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, माओवादीका मेचीगनरका सहइन्चाज विकास थापा मगर लगायत गठबन्धनका स्थानीय पार्टी कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button