मूल खबर

नेकपा राप्ती ब्युरोको बैठकस्थलमा प्रहरी हस्तक्षेप, प्रहरीको घेराबन्दी कायमै

काठमाडौँ : प्रहरीले नेकपा राप्ती ब्युरोको बैठक स्थलमै हस्तक्षेप गरी पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ अर्का केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठा ‘सुभास’ सहित कैयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ ।


दुई केन्द्रीय सदस्यसँगै नेकपा निकट युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन जङ्गली, नेकपा सल्यान जिल्ला इन्चार्ज डिल्लीराज शर्मा ‘विश्व’, राप्ती ब्युरो सदस्य तिलक पुन, विक्रमलगायत नेता–कार्यकर्तालाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पार्टीको राप्ती ब्युरोको बैठक बसिरहेको बेला दाङको राजपुरबाट उनीहरूलाई गिरफ्तार गरिएको स्रोतले जनाएको छ । राप्ती ब्युरोको बैठक वसिरहेको स्थान राजपुरमा अहिले सम्म पनि प्रहरीले घेराहालीरहेको छ ।


बैठकमा नेकपा राप्ती ब्युरोका पाँचै जिल्ला सेक्रेटरी, इन्चार्ज र अन्य नेता–कार्यकर्ताको पनि उपस्थिति रहेको जनाइएको छ ।

२०७६, ३० आश्विन बिहीबार १०:४० ई-रातो खबर

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button