खबर

क्षेत्री र शाक्य अदालतबाटै गिरफ्तार

बागलुङ: नेकपाका म्याग्दी जिल्ला इन्चार्ज बिकिरण क्षेत्री र सेक्रेटरी बाबुलाल शाक्यलाई प्रहरीले अदालतबाटै पक्राउ गरेको छ ।
जिल्ला अदालतमा धरौटी बुझाएर तारेखमा रिहा भएलगत्तै प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुलाई राज्य विरुद्ध अपराध गरेको मुद्दा लगाइएको छ ।
राज्य बिरुद्धको अपराध गरेको आरोपमा गत साउन ७ गते गिरफ्तार परेका क्षेत्री र शाक्यलाई म्याग्दी कारागारमा राखिएको थियो । यसअघि जिल्ला अदालत म्याग्दीले दुवैजनालाई जनही ३५ हजार रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न आदेश दिए पनि उक्त आदेश बिरुद्ध उच्च अदालत पोखराको बागलुङ ईजलासले धरौटी नलिएरै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।
तर रिहा भएलगत्तै प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको छ ।२०७६, ३० आश्विन बिहीबार १६:२६ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button