भिडियो चौतारीमूल खबर

झापाको मेचीनगरमा प्रअले शिक्षिकामाथि यौन दुव्र्यवहार गरेको आरोप — ( छलफलमा के भनिन् त महिला शिक्षकले ?)

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिकाका ७ स्थित अरनिको माविका प्रधानअध्यापकले महिला शिक्षकमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मेचीनगर ७ स्थीत अरनिको माविका प्रधानअध्यापकले सोही विद्यालयकी महिला शिक्षकमाथि लामो समयदेखि यौन दुर्व्यवहार गरेको महिला शिक्षकले विद्यालयका सहकर्मीहरुलाई जानकारी गराए पछि सार्बजनिक भएको हो ।

घट्नाका बारेमा जानकारी भए पछि प्रधानअध्यापकले पीडित महिला शिक्षकलाई जागिरबाट निकालिदिने, सार्वजनिक रुपमा बेइज्जत गर्ने जस्ता धम्की दिए पछि उनले डराएर घट्नाका बारेमा लामो समय सार्वजनिक गर्न नसकेको बिद्यालयस्रोतले जनाएको छ ।

प्रधानअध्यापकले मोबाइलबाट पटक पटक यौनजन्य म्यासेज गरेको, र अनावश्यक कुरा लिएर कक्षा कोठामा नै पटक पटक गएर असहज व्यवहार गर्ने गरेको, विद्यालयबाट शिक्षकहरुको भ्रमण जाँदा समेत यौनहिंसा जन्य क्रियाकलाप गर्ने गरेका थिए । , पिडितले यस्तो गतिबिधि नर्गन आग्रह गर्दा समेत प्रधानअध्यापकलेक उनको जागिर खाइदिने धम्की दिने गरेकोले पनि पिडितले घट्नाका बारेमा सार्वजनिक गर्न नसकेको भनाइछ ।

महिला शिक्षकमाथि गरेको यौनजन्य दुर्व्यवहारको घट्ना सार्वजनिक भएपछि विद्यालयका प्रधानअध्यापकले बुधबार विहान प्रधानअध्यापक सहित शिक्षक पेशाबाट नै राजिनामा दिएका छन्।

राजिनामाको सम्बन्धमा प्रधानअध्यापकले आफ्नो स्वास्थ्यका कारण राजिनामा दिएको उल्लेख गरेकाछन।

आफुमाथि परेको पिडा केही सहकर्मी र स्वमय प्रधानअध्यापकको परिवारका सदस्यलाई सुनाउँदा समेत पनि आफुलाई नै गलत आरोप लगाएर एक्लो बनाएका कारण पिडित शिक्षक अत्यन्तै डराएको बताइएको छ । बिहिवार बिध्यालयमा भएको सर्वपक्षीय छलफलमा महिला शिक्षकले आफुमाथि प्रअले लामो समयदेखि दुव्र्यवहार गर्दै आएको बताइन् । लामो समयदेखि आफु माथि बिध्यालयका दुव्र्यवहार गर्दै आएको खुलासा शिक्षिकाले गरेपछि उनलेस्वास्थ्यको कारण देखाउँदै राजीनमा दिएका हुन् ।प्रअ घिमिरेले आफुलाई पटकपटक प्रत्यक्ष र अप्रत्यक्ष रुपमा यौनजन्य दुव्र्यवहार गरेर मानसिक तनावमा राखेको पिडित शिक्षिकाले बिहिबार सो बिध्यालयमा भएको छलफलमा बताइन् ।बिहिबार बिध्यालय व्यवस्थापन समिति,स्थानीय प्रहरी प्रशासन ,जनप्रतिनिधि ,बिध्यालय परिवार र सामाजिक अगुवा तथा संचाकर्मीका माझ उनले लामो समयदेखि विविध प्रकारले आफु माथि दुव्र्यव्यहार भएको बताइन्।आज –बिहिवार)भएको सर्वपक्षीय छलफलबाट घिमिरेको राजनीमा स्विकृत गर्ने र पिडित शिक्षिकाले यौन दुव्र्यव्यहारका विषयमा कानुनी उपचारका लागि जाहेरी दिने बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि दाहाले बताए ।छलफलमा उपस्थित स्थानीय अभिभावक र सामाजिक अगुवाहरुले प्रअ माथि तत्काल कानुनी कारबाही हुनु पर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button