खेलकुद

पहिलो ‘एल क्लासिको’ डिसेम्वरसम्म स्थगित

एजेन्सी – दि रोयल स्पेनिस फुटबल फेडेरेसनले सिजनको पहिलो ‘एल क्लासिको’ स्थगित गरेको छ । पहिलो एल क्लासिको क्याटलान क्लब बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा २६ अक्टोवरमा हुने तय थियो ।

दि रोयल स्पेनिस फुटबल फेडेरेसनले पहिलो एल क्लासिको डिसेम्वरमा गराउने प्रस्ताव गरेको छ । यसका लागि दुई क्लब, ला लिगा र स्पेनिस फुटबल फेडेरेसनबीच नयाँ मितिका लागि सोमबार छलफल हुने बताइएको छ ।

ला लिगाले डिसेम्वर ७ या १८ मा एल क्लासिको गराउने प्रयास गरेको छ । डिसेम्वर ८ मा ला लिगाको १६औं राउन्डमा बार्सिलोनाले मलोर्कासँग खेल्ने तालिका छ । रियालले सोही समयमा इस्पान्योलसँग खेल्ने तालिका छ । ला लिगाका अध्यक्ष जेभियर टेभासले यही मितिमा एल क्लासिको गराउन दुई क्लबका पदाधिकारीसँग छलफल गर्नेछ ।

यही मितिमा एल क्लासिको भए र त्यसको दुई दिनपछि जिनेदिन जिदानको रियालले बेल्जियन क्लब ब्रगको भ्रमण गर्नेछ । इर्निस्टो भाल्भेर्डेको बार्सिलोनाले इन्टर मिलानको भ्रमण गर्नेछ । डिसेम्वर ७ मा हुन नसके १८ डिसेम्वरलाई पनि विकल्पको रुपमा अघि सारिएको छ ।

एल क्लासिको सार्ने स्पेनिस ला लिगाको प्रस्तावलाई स्पेनिस महारथी रियाल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाले अस्वीकार गरेको थियो ।
स्पेनको स्वायत्त राज्य क्याटलानले लामो समयदेखि स्वतन्त्र राज्यको माग सहित आन्दोलन गर्दै आएको छ । गत सोमबारमात्र स्वयत्तताको आन्दोलनमा उत्रिएका ९ जना क्याटलानका नेताहरुलाई जेलमा राखिएपछि क्यालान क्षेत्र थप तनावग्रस्त हुदै आएको छ ।

यसअघि बार्सिलोनाले ला लिगाको यो प्रस्तावलाई अनावश्यक रहेको बताउदा रियाल म्याड्रिडले विरोधका बीच उनीहरुको स्टेडियममा जानुको सट्टा खेल नै पोस्टपोन्ड गर्नुपर्ने र बर्नबेउमा नभइ कुनै अर्काे स्टेडियममा खेल गराउन पनि माग गरेका थिए ।

क्याटालोनिया उत्तर पुर्वी स्पेनको एक अर्ध स्वयत्त क्षेत्र हो । सन् २०१७ मा भएको जनमत संग्रहमा अधिकांश जनताले स्वतन्त्रताको पक्षमा मतदान गरेपनि स्पेनको संवैधानिक अदालतले यसलाई अवैध घोषणा गरेको थियो ।hamroikhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button