खेलकुद

विसौमा टोटेनहममा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्परले मिडफिल्डर एभेस विसौमालाई अनुबन्ध गरेको छ । टोटेनहमले अर्काे प्रिमियर लिग क्लब ब्राइटनबाट विसौमालाई अनुबन्धित गरेको हो ।

२५ वर्षीय मिडफिल्डरले टोटेनहमसँग ४ वर्षको सम्झौता गरेका छन् । उनी २०२६ सम्म टोटेनहममा रहनेछ । मालीका मिडफिल्डर विसौमा २०१८ को जुलाईमा लिलबाट ब्राइटन आएका थिए । ब्राइटनमा चार सिजन बिताउँदा उनले १ सय २४ खेलमा ६ गोल गरेका छन् ।

टोटेनहमले उनलाई तेस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि टोटेनहमले गोलरक्षक फ्रेसर फोर्सटर र इभान पेरिसिचलाई अनुबन्ध गरिसकेको छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button