मूल खबर

बंगलादेशको गौरवमा जोडिए जो नेपाली इन्जिनियर

काठमाडौं
झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ। डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ। तल्लो डेकमा रेलवेको एक लाइन छ। दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन्। तल रेल गुडेको देख्न सकिनेछ।

यो दृश्य हो बंगलादेशको गंगा-जमुना नदीमाथि बनेको पुलको। विश्वको ध्यान तानिरहेको यो भौतिक संरचना नेपाली इन्जिनियरसमेतको सहभागितामा निर्माण भएको हो। उनी हुन् डा. हेमनाथ घिमिरे । डा. घिमिरेसहित पुल निर्माणको कन्सल्टिङमा योगदान गरेका विज्ञहरूको २४ मुलुकका झन्डा पुलमा फहराइएको छ।

पुल उद्घाटन कार्यक्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद भावुक देखिन्थिन्। हसिनाको मन्तव्य सुन्दै गर्दा इन्जिनियर डा। घिमिरे झनै भावुक भए। ऐतिहासिक पुलमाथि फहराइरहेको नेपाली झन्डामा नजर डुलाए। ‘त्यो बेला म निकै भावविह्वल भएँ। त्यो क्षणको व्याख्या गर्न शब्दको अभाव महसुस गर्छु’, डा। घिमिरेले।अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button