खबर

झापाको बुद्धशान्तिमा मृत हात्ती फेला

मेचीनगर । झापाको बुद्धशान्ति –५ आयाबारीमा एउटा हात्ती मृत अबस्थामा भेटिएको छ ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त जानकारी अनुसार स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो । अहिले मृत हात्तीलाई स्थानीय, डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन्।

हात्ती मर्नुको कारण विज्ञ आएर अध्ययन गरेपछि मात्र थाहा हुने डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button