
एजेन्सी – इंग्ल्यान्डको युवा टोलीले अतिक्ति समयमा पूनरागमन जित निकाल्दै युइएफए युरो यू–१९ को उपाधि जितेको छ । इजरायलको युवा टोलीलाई ३–१ ले पराजित गर्दै इंग्ल्यान्डले उपाधि रक्षा गरेको हो ।
शुक्रबार राति भएको फाइनलमा एक गोलले पछि परेको स्थिति उल्ट्याएर इंग्ल्यान्डले उपाधि जित्न सफल भएको हो ।इंग्ल्यान्डको जितमा कलुम डोयल, कारने चुकविमेका र आरोन राम्सेले गोल गरे । इजरायलका ओस्कार ग्लोचको गोल सान्त्वना बन्यो ।
स्लोभाकियमा भएको खेलको ४०औं मिनेटमा ओस्कार ग्लोचको गोलबाट इजरायलले सुरुवाती अग्रता लिएको थियो । तर, ५२औं मिनेटमा कलुम डोयलले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए । त्यसपछि निर्धारित समयमा थप गोल निस्कन नसक्दा खेल अतिरिक्त समयमा लम्विएको थियो ।
१०८औं मिनेटमा कारने चुकविमेकाले गोल गर्दै इंग्ल्यान्डलाई २–१ ले अघि बढाए । त्यसपछि ११६औं मिनेटमा आरोन राम्सेले गोल गर्दै इंग्ल्यान्डलाई च्याम्पियन बनाए ।
इंग्ल्यान्ड २०१७ पछि च्याम्पियन बनेको हो । त्यतिबेला इंग्ल्यान्डले पोर्चुगललाई हराएको थियो । पछिल्लो दुई संस्करण (२०२० र २१) भने कोभिड–१९ का कारण हुने सकेको थिए ।
च्याम्पियन बनेसँगै इंग्ल्यान्डले सर्वाधिक उपाधि जित्ने स्पेनको कीर्तिमानलाई भेट्टाएका छन् । स्पेन र इंग्ल्यान्डले समान ११ पटक उपाधि जितेका छन् ।हाम्रो खेलकुदबाट ।



