खेलकुद

विरगञ्ज प्रिमियर लिग मंसिर अन्तिममा

काठमाडौं – विरगञ्ज प्रिमियर लिग (वीपीएल) टि२० क्रिकेट प्रतियोगिता आगमी मंसिरमा हुने भएको छ । विरगञ्जको नारायणी क्रिकेट मैदानमा आगमी मंंसिर २८ देखी पुष ५ सम्म हुने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ । विजेताले २ लाख ५० हजार र उप विजेताले १ लाख ८० हजार प्राप्त गर्ने छन् । त्यस्तै म्यान अफ द सिरिजले २० हजार,प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान र बलरले समान १० हजार प्राप्त गर्ने छन् ।

विरगञ्ज प्रिमियर लिग प्रदेश २ का खेलाडीमात्र सहभागि हुन पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले १५ सय प्राप्त गर्ने छन् । ब्याट्सम्यानले छक्का प्रहार गरेको बल एक हातले क्याच लिने दर्शकले रु २ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा कति टोलीको सहभागिता रहने अझैं टुङ्गो लागेको छैन । ६ वा ८ टोलीको सहभागिता रहने संभावना रहेको जनाइएको छ ।(हाम्रो खेलुकद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button