
एजेन्सी – यसै समरमा इंग्लिस क्लब लिभरपुलबाट जर्मन क्लब बायर्न म्युनिख पुगेका सेनेगलका फरवार्ड साडियो माने अफ्रिकन फुटबलर अफ दि इएरको अवार्ड जितेका छन् ।
अवार्ड जित्ने क्रममा मानेले आफ्नै राष्ट्रको सहयात्री इंग्लिस क्लब चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी र लिभरपुलका पुर्व सहयात्री इजिप्टका मोहम्मद सलाहलाई पछि पारेका हुन् । मोरोक्को राजधानी रवातमा कन्फेडेरेसन अफ अफ्रिकी फुटबल (काफ) को अवार्ड समारोहमा मानेले दोस्रो पटक यो अवार्ड जित्न सफल भएका हुन् ।
अफ्रिका कप अफ नेसन्सको फाइनलमा मानेले इजिप्टविरुद्ध विजयी पेनाल्टी गोल गरेपछि सेनेगलले पहिलोपटक उपाधि जितेको थियो । ‘यस वर्ष ट्रफी पाउँदा म धेरै खुसी छु ।’ ३० वर्षीय मानेले अवार्ड जितेपछि भने, ‘म सेनेगलका जनतालाई धन्यवाद दिन्छु, र यो ट्रफी मेरो देशका युवाहरूलाई समर्पण गर्दछु। जसले सेनेगललाई विश्वकपमा पुग्न मद्दत ग¥यो र लिभरपुलसँग दुई घरेलु कप जित्यो ।’
मानेको अवार्डसँगै सेनेगलले कूल सात पुरुष विधामध्ये पाँचौं अवार्ड जित्न सफल भयो । प्रशिक्षक अलिउ सिसेले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । सेनेगल वर्षको उत्कृष्ट टोली घोष्णा भयो । पापे सार वर्षको युवा खेलाडी घोषित भए । पापे उस्माने साखोले तान्जानियाविरुद्ध गरेको ओभरहेड किक गोल उत्कृष्ट गोलको अवार्ड जिते ।
कोरोना भाइरस महामारीको तीनवर्षपछि यो अवार्ड आयोजना हुँदा महिलातर्फ नाइजेरियाकी एसिसात ओशोलाले लगातार दोस्रो वर्ष यो अवार्ड जित्न सफल भइन् । उनले सन् २०१९ मा पनि अवार्ड जितेकी थिइन् ।
२०२२ का काफ अवार्ड विजेताहरु
वर्ष खेलाडी (पुरुष) – साडियो माने (सेनेगल र लिभरपुल/बायर्न म्युनिख)
वर्ष खेलाडी (महिला) – एसिसात ओशोला (नाइजेरिया र बार्सिलोना)
वर्ष उत्कृष्ट प्रशिक्षक (पुरुष) – एलिउ सिसे (सेनेगल)
वर्ष उत्कृष्ट प्रशिक्षक (महिला) – डेसेरी एलिस (दक्षिण अफ्रिका)
टिम अफ दि इयर (पुरुष) – सेनेगल
वर्ष युवा खेलाडी (महिला) – एभलिन बाडु (घाना र सेकोन्डी हसाकास÷अल्भाल्ड्सनेस)
वर्ष युवा खेलाडी (पुरुष) – पापे माटर सार (सेनेगल र टोटेनहम)
वर्षको उत्कृष्ट क्लब (महिला) – मामेलोडी सन्डाउन्स (दक्षिण अफ्रिका)
वर्षको उत्कृष्ट क्लब (पुरुष) – वाइडाड एथलेटिक क्लब (मोरक्को)
इन्टर क्लब प्लेयर अफ द इयर (महिला) – एभलिन बाडु (घाना र सेकोन्डी हसाकास÷अल्भाल्डनेस)
इन्टर क्लब प्लेयर अफ द इयर (पुरुष) – मोहम्मद एल शेनावी (इजिप्ट र अल अहली)।
वर्षको गोल – पापे उस्माने साखो (सेनेगल र सिम्बा),हाम्रो खेलकुदबाट ।



