मूल खबर

नागरिकतामा सार्क मुलुकभन्दा खुकुलो प्रावधान किन ?

न्युज अफ नेपाल
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकूल भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा मुल संशोधनकर्ताको तर्फबाट बोल्दै दक्षिण एसीयाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न गरेका थिए ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौं,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?

नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्याएर विधेयक ल्याइएको हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button