खेलकुद

लिभरपुलमा जोटाको सम्झौता नविकरण

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो । अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहनेछन् । जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा लिभरपुलमा आबद्ध भएका थिए ।

लिभरपुलमा दुई सिजन बिताउँदा जोटाले ८५ खेलमा ३४ गोल गरिसकेका छन् । उनले गत सिजन ५५ खेलमा २१ गेल गरेका थिए । लिभरपुलले गत सिजन एफए कप र इएफएल कप जित्दा तथा प्रिमियर लिग र च्याम्पियन्स लिगमा उपवविजेता रहँदा जोटा टोलीका सदस्य थिए ।

‘यो स्पष्ट रूपमा क्लबको दृष्टिकोणबाट एक खेलाडीको रूपमा आफूमाथिको विश्वासको प्रमाण हो ।’ जोटाले भने, ‘दुई वर्षअघि आएकोले मैले आफूलाई यस टोलीमा महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गरें, म सुरुदेखि नै यही चाहन्छु ।’ ह्यामस्ट्रिङ चोटका कारण प्रि–सिजन गुमाएका जोटा अझै केही साता मैदान बाहिर रहने क्लबले जनाएको छ । उनले लिभरपुल यो सिजन पनि हरेक उपाधिका लागि लड्ने र टोली योग्य रहेको बताएका छन् ।

लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले विंगमा खेल्न सक्ने फरवार्डको रुपमा जोटाले हामीलाई धेरै विकल्पहरू दिएको र क्लबमा आएदेखि उसले धेरै सुधार गरेको बताए । ‘मैले पहिले नै भनेको छु कि डिएगो त्यो खेलाडी हो जुन हामीले आशा गरेका थियौं कि उनी अलि राम्रो हुनेछन्, त्यसैले यो लामो समयसम्म जारी रहोस् ।’

गत महिना, साडियो मानेले क्लब छाड्दै जर्मन क्लब बायर्न म्युनिखसँग सम्झौता गरेपछि उनको सहयात्री मोहम्मद सलाहले नयाँ तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेका छन् । पोर्चुगलका लागि २७ क्याप जितेका जोटाले ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button