मूल खबर

आगामी मंसिर ४ मा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरूको समझदारी

न्युज अफ नेपाल
काठमाडौं । आगामी संसिरमा प्रतिसनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरुको समझदारी बनेको छ । आज (बुधबार) बालुवाटारमा बसेको सत्तासाझेदार दलहरुको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको हो ।

सत्तासाझेदार दलहरुको बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठक मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी गरिएको स्रोतले बताएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मितिमा तय गर्ने विषयमा सबै दलहरूबीच समझदारी बनेको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले अब बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचनको मिति घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button