मूल खबर

प्रेस क्लब मेचीनगरको अधिवेशन भोली हुने

काँकरभिट्टा । प्रेस क्लब मेचीनगरको अधिवेशन तथा वार्षिक साधारण सभा भोली (शनिबार )हुने भएको छ ।
क्लबको कार्यसमितिको बिहिवार बसेको बैठकले साउन २१ गते शनिबार वार्षिक साधारण सभा तथा अधिवेशन गर्ने निर्णय गरेको हो ।

अधिवेशन काँकरभिट्टा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको सभाहलमा आयोजना गरिने भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । अधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन हुनेछ ।

साधारण सभा विहान ८ बजेबाट सुरु हुने क्लबका सचिव जीआर धितालले बताए ।मेचीनगरमा रहेका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको क्लब २०७१ सालमा स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button