सृजनाको चौतारी

सपना आँखा भरी थियो

गजल

आफ्नो घर छांडे सपना आँखा भरी थियो,
अनिश्चित सफर थ्यो आंखामा झरी थियो।

बाल अबस्था अञ्जान ठाउँ थिएन सहारा,
कजाउँथ्यो साहुहरू उसैको मनपरी थियो।

के पाएँ के गुमाएँ छैन लेखा जोखा म सँग,
त्यो वेला आफ्नो हियामा दर्द बेसरी थियो।

के भनौ शिक्षा स्कुलको गएको सम्झना छ,
थोरै आफैले खोजेको ज्ञान बाह्रखरी थियो।

सुनसान जिवन भोको पेट कथालेख्न थाले,
फुरेन कुनै मनमा घरकै याद घरी घरी थियो।

हाम्रो गाउँमा छुवाछुत जात—भात भन्नेगर्छन,
त्यो बेलामा पनि लाहुरमा त सरोबरी थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button