
मेचीनगर । चरा सम्बन्धी खोज र अनुसन्धान गरिरहेका झापा मेचीनगर–७ निवासी देवेन्द्र खरेलको अध्यक्षतामा मेची चरा तथा वन्यजन्तु संरक्षण समाज गठन भएको छ ।
सोमबार प्रेस क्लब मेचीनगरको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष खरेलले स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय झापाबाट विधिवत संस्था दर्ता गरेर ल्याएको जानकारी गराएका थिए ।

सो संस्थाका अन्य पदाधिकारीहरुमाउपाध्यक्ष – सूर्य बहादुर श्रेष्ठ,सचिव सष्ठिप्रसाद लुईटेल, सहसचिव शंकर क्षेत्री लुईटेल, कोषाध्यक्षमा ईन्दिरा आले मगर र सदस्यहरुमा ज्ञानुका दाहाल,अनिता घिमिरे,नरेश खरेल र राजीव गौतम रहेकाछन् ।
पत्रकार सम्मेलनमा पत्रकारहरु मोहन काजी, दिपिन राई, कुमार भट्टराई, ज्ञानेन्द्र निरौला, लक्ष्मी उप्रेती, पर्वत पोर्तेल लगायतले चराको संरक्षणका विषयमा सुझाव र जिज्ञासा राखेका थिए ।
समाजका सचिव एसपी लुईटेलले चरा, मानाव र वन्यजन्तु संरक्षणका विषयमा चर्चा गरेका थिए । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालको अध्यक्षता, स्वागत उपाध्यक्ष जीआर धितालले र सञ्चालन सचिव देबु बानियाँले गरेका थिए ।



