सृजनाको चौतारी

ढुंङ्गासँग करार खोज्छ

गजल

मुर्ती बनायो त्यसैमा चमत्कार खोज्छ,
मान्छे आफैले ढुंङ्गासँग करार खोज्छ।

मान्छे र मान्छेकै बिचमा नहुँदा एकता,
सुखी शुनौलो स्वर्ग को संसार खोज्छ।

यस्तैछ बुझ्नै नसक्ने मानवको दुनियां,
देवताको बनाई जात मारामार खोज्छ।

पत्थरको मूर्तीलाई आफै शुन चढायो,
गरिबलाई लुटी त्यो सिस्टचार खोज्छ।

आज मानिसकै भित्र हरायो मानवता,
त्यसैले त राक्षश को ब्यबहार खोज्छ।

कायर भयो छैन हिम्मत सहनसिलता,
लाचर भयछ मुक्तीको औतार खोज्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button