खबर

नेपाली कांग्रेस घोषणापत्र तयारी समिति बैठक

नेपाली कांग्रेस घोषणापत्र तयारी समितिको पहिलो बैठक । तस्बिर : नेता शंकर तिवारीको फेसबुकबाट

गोरखापत्र अनलाइन

काठमाडौं। नेपाली कांग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ। समितिले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक राखेर घोषणापत्र तयार गर्ने कामलाई अगाडि बढाएको हो। कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो।

सो समितिमा पार्टीका सहमहामन्त्रीका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिलाई समेटिएको छ। घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रीय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताउनुभयो।

उहाँले घोषणापत्र तयारीका काम सुरु भएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘हामीले समग्रमा नेपाली कांग्रेसले अहिलेसम्म के ग¥यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाँड्नुभन्दा पनि नेपाली कांग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्न सकिने कुरालाई राखेर घोषणापत्र तयार गर्छौं। त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउनेछ। जुन नेपाली कांग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिबद्धता त्यसमा जाहेर गर्नेछ। त्यसको लागि तयारी सुरु भएको छ।’

उहाँले नेपाली कांग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाँड्ने पनि स्पष्ट पार्नुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button