मूल खबर

मधेसको बदलियो राजनीति

काठमाडौं

मधेसमा अघिल्लो संसदीय निर्वाचनमा एमालेलाई गाह्रो परेको थियो। २०७४ सालमा एमाले उक्त प्रदेशमा पाँचौं दलमा सीमित हुन पुग्यो। तर, त्यस बेला विरोध गर्ने मधेस केन्द्रित दल मात्रै होइन, कांग्रेस र माओवादीकै कतिपय नेतालाई एमालेले आफूतिर तानेको छ। त्यति मात्रै होइन, मधेसको राजनीतिक परिस्थिति नै बदलिएको छ। एमाले स्थानीय निर्वाचनबाट दोस्रो ठूलो दल देखिएको छ।

एमाले प्रचार विभाग सचिव गगन विष्ट उक्त प्रदेशबाट ठूलो संख्यामा आफ्नो पार्टीमा प्रवेश भइरहेको दाबी गर्छन्। मधेसवादी दलका साथै माओवादीबाट एमालेमा प्रवेश गर्ने लहर नै चलेको उनको दाबी छ। देशभर १ लाख २५ हजारभन्दा बढी एमालेमा प्रवेश भइरहेको विभागले जनाएको छ।

जसमा सबैभन्दा धेरै मधेसमा रहेको जनाइएको छ। उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जिल्ला पार्टी प्रवेश गराएका छन्। उनले लोसपा नेता उमाशंकर अगरियालाई जनकपुर पुगेर पार्टीमा स्वागत गरे।

जसपाका अमृता अग्रहरी, रुही नाज, धनुषा कांग्रेसका पूर्वउपसभापति सन्तोष यादव, जसपाकै निवर्तमान प्रदेशसभा सदस्य अञ्जुकुमारी यादव र डा. रिना यादव, केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह, पूर्वराज्यमन्त्री अरविन्द साह पनि एमाले प्रवेश गरेका छन्।

लोसपाका निवर्तमान प्रदेश सांसद प्रह्लाद गिरी, माओवादी केन्द्रका प्रदेश सदस्य शंकर महतो एमालेमा गएका छन्।अन्नपूर्ण पोस्टमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button