खबर

मसाल महासचिव सिंहलाई डेंगु संक्रमण, काठमाडौं ल्याइँदै

फाइल तस्बिर

नेपालखबर
नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहलाई डेङु संक्रमण भएको छ।

पोथी लामखुट्टेले टोकेपछि हुने डेंगु संक्रमणबाट गम्भीर बिरामी परेपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ।

सिंह केही दिनअघि मात्रै नयाँदिल्लीबाट आएका थिए। डेंगु संक्रमणपछि बिरामी परेका ८८ वर्षीय उनको अहिले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचार हुँदैछ।

बुटवलबाट उनलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

सिंहलाई डेंगुपछि उच्च ज्वरो देखिएको छ। शरीर पनि कमजोर भएपछि उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button