खबर

मेचीनगरमा निर्वाचन अधिकृतको कार्यालय

मेचीनगर । आगामी मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि आज मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा निर्वाचन कार्यालयको उद्घाटन गरिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि झापा क्षेत्र नं १ प्रतिनिधि सभा तथा प्रदेशसभाको ‘क’र ‘ख’ को निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय राखिएको हो । निर्वाचन अधिकृत टंकबहादुर महतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा विभिन्न राजनीतिकदलका स्थानीय प्रतिनिधि तथा मेचीनगर नगरकार्यपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको मेचीनगर नगरपालिकाका लेखाअधिकृत पदमबहादुर कार्कीले बताए ।मेचीनगर नगरकार्यपालिकाको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button