खेलकुद

सन्दीप प्रहरी वृत गौशालामा

काठमाडौं (हाम्रो खेलकुद)– बलात्कार आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिके टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई प्रहरी वृत गौशालामा राखिएको छ । बिहीबार बिहान कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका सन्दीपलाई विमास्थलबाट प्रहरीले प्रकाउ गरेको थियो ।

गौशालाबाट स्वास्थ परिक्षणका लागि सिनामंगलस्थित काठमाडौं मिडिकल कलेज लगिएका सन्दीपलाई पुन प्रहरी वृत गौशाला पुर्याएको छ । उनलाई आइतबार अदालत उपस्थित गराइने छ । शुक्रबार सम्म दशै विदार पर्सी शनिबार भएका कारण आदालत बन्द छ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने बताइएको छ ।

राष्ट्रिय टोलीको कप्तानका रुपमा भदौ ६ गते केन्या गएका सन्दीप झण्डै डेढ महिनापछि बलात्कार आरोपीका रुपमा स्वदेश फर्केका छन् । केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेलाई पनि उपस्थितिमा लागि स्वीकृती दिन सन्दीप ले गरेको आग्रहलाई पुलिसले स्वीकार गरेन । विदेशमै रहेका बखत सन्दीपले आफूले आत्मसमपर्ण गर्ने र निर्देश सावित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए ।

सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।हाम्रो खेलकुद अनलाइनबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button