
मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि निर्वाचन अधिकृतको कार्यालय झापा क्षेत्र नं १ ले आज आचारसंहिता सम्बन्धि जानकारीमूलक कार्यक्रम गरेको छ ।
मेचीनगर नगरकार्यपालिकाको कार्यालयमा प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि झापाको क्षेत्र नं १ मा रहेको निर्वाचन आयोगको कार्यालय यहाँका राजनीतिकदल र उम्मेद्वारहरुलाई निर्वाचन सम्बन्धि आचारसंहिता तथा उम्मेद्वारको मनोनयनका विषयमा जानकारीमूलक कार्यक्रमको आयोजना गरेको हो । निर्वाचन अधिकृत टंकबहादुर महतको अध्यक्षतामा आयोजना गरिएको सो कार्यक्रममा झापा क्षेत्र नं १बाट उम्मेद्वार बन्ने राजनीतिकदलका प्रतिनिधि तथा स्वतन्त्र उम्मेद्वारहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचन कार्यालयका कर्मचारीहरुले निर्वाचन आचारसंहिता तथा मनोनयका विषयमा स्पष्ट पारेका थिए ।




