
तिम्सिना भन्छन्— आफ्नो आँगनमा भएको समस्या उहाँले देख्नु भएको छैन अनि यहाँ आएर राईसिं खोलाको पुल बनाउँछु भन्ने ? जसको कुनै विचारनै मिल्दैन उसको गठबन्धनलाई तालमेल भन्ने ? ’आजको चौतारी संवाद नेकपा(एकीकृत समाजवादी)का मेचीनगर कमिटी अध्यक्ष हरि तिम्सिनासँग— तपाईँहरु एमालेको बिरुद्धमा मात्रै कुरा गर्नु हुन्छ अरे नि त ?क्षेत्र नं १ मा गठबन्धनको अहिले सम्मको निर्वाचनको अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?



