मूल खबर

खाद्यान्न आयातमा कमी

काठमाडौं
प्रत्येक वर्ष आयात बढिरहेका बेला चालू आर्थिक वर्षको पहिलो तीन महिनामा भने खाद्यान्न (चामल, धान, मकै, गहुँ, कोदो, जौ) आयात झन्डै ५० प्रतिशतले कमी आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ४७ दशमलव ७ प्रतिशतले घटेको हो ।

चालू आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा नौ अर्ब २६ करोड १७ लाख ८३ हजार रुपियाँको १९ करोड ८१ लाख १० हजार केजी खाद्यान्न आयात भएको विभागको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा १७ अर्ब ७० करोड ८४ लाख ५२ हजार रुपियाँको ४६ करोड ४९ लाख छ हजार केजी खाद्यान्न आयात गरेको थियो । चालू आर्थिक वर्षको सो अवधिमा कुल वस्तु आयातमा १६ दशमलव २० प्रतिशतले कमी आएको छ । समग्र वस्तुको आयात घट्दा खाद्यान्न आयातमा उल्लेख कमी आएको हो । गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button