खबर

झापाको– २ मा मत गणना सुरु

विष्णुप्रसाद पोखरेल
दमक । झापाको क्षेत्र नं. २ मा मतगणना सुरु भएको छ । प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको हो । जिल्लामा पहिलो पटक यो क्षेत्रमा मतगणना सुरु भएको जनाइएको छ ।

अर्जुनधारामा रहेको निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान सबेरैदेखि मतगणना सुरु गरिएको छ । यहाँ नेकपा एमालेबाट प्रदेश इन्चार्ज देवराज घिमिरे र गठबन्धनको तर्फबाट हरि राणा सहितका उम्मेद्ववारहरु प्रतिस्पर्धामा रहनु भएको छ ।

अर्जुनधारा ११ को मतपेटिकाबाट गन्न थालिएको हो । अहिले एक ठाउँमा गन्न सुरु गरिए पनि बिहान ९ बजेपछि अन्य ठाउँको पनि मतगणना सुरु गरिने बताइएको छ ।गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button