मूल खबर

प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

गोरखापत्र अनलाइन
काठमाडौं । प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १४ स्थानमा जित निकालेको गरेको छ ।

माओवादी केन्द्रले ६ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ५ स्थानमा जित निकालेको छ ।

यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन् ।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ ।

माओवादी केन्द्रले १२,राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नाउपा १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button