
गोरखापत्र अनलाइन
रमेश पौडेल
काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना परी पत्रकार त्रिभुवन पौडेलको मृत्यु भएको छ ।
उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष र नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्थ्याे ।
पर्वत कुस्मामा जन्मनुभएका पौडेल हाल पोखरा महानगरपालिका वडा नम्बर ११, फूलबारीमा बस्दै आउनुभएको थियो ।
दिवगंत पौडेलका एक श्रीमती र एक छोरा छन् ।



