
मेचीनगर । प्रेसक्लब मेचीनगरको आयोजनामा स्वर्गीय सहकर्मी प्रत्रकार त्रिभुवन पौडेलप्रति मेचीका पत्रकारहरुले श्रद्धाञ्जलि अपर्ण गरेकाछन् । झापाको काँकरभिट्टा स्थित हुनमान मन्दिर परिसरमा आयोजना गरिएको श्रद्धाञ्जलि कार्यक्रमका वक्ता पत्रकारहरुले माघ १ गते भएको जहाज दुर्घटनामा परि निधन भएका पत्रकार त्रिभुवन पौडेलप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका थिए ।क्लबका अध्यक्ष डम्बर बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा लोकराज ढकाल, शन्तोष आचार्य, मुक्ति पौडेल,ज्ञानेन्द्र निरौला, झुलन रेग्मी, प्रकाश पौडेल र भुमिका सुव्वाले मन्तब्य राखेका थिए भने कार्यक्रमको संचालन सचिव देवु बानियाँले गरेका थिए ।(सम्पादन नगरिएको भिडयो)



