
मेचीनगर । नेपाल डेरि एशोसिएसनको २४ औँ स्थापना दिवसका अवसरमा एक कार्यक्रमका बीच जागृत बाल उद्धार केन्द्रमा खाद्यान्न तथा न्यानो कपडा वितरण गरिएको छ ।

झापाको मेचीनगर ७ स्थित जागृत बाल उद्धार केन्द्रमा रहेका बालबालिकाहरुलाई एशोसिएसनले खाद्यान्न र न्यानो कपडा वितरण गरेको हो । नेपाल डेरी एशोसिएसन १ नं प्रदेश समिति र झापा जिल्ला समितिको संयुक्त आयोजनामा संस्थामा रहेका बालबालिकाहरुलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको नेपाल डेरी एशोसिएसन केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष राजन चिमरियाले बताए । नेपाल डेरी एशोसिएसन १ नं प्रदेश समितिका अध्यक्ष गंगा खड्काको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष चिमरिया थिए ।कार्यक्रमको संचालन झापाका अध्यक्ष भरत ओलीले गरेका थिए भने कार्यक्रममा स्थानीय समाजसेवी पुष्प पौडेल र भवनाथ दाहाल लगायतको उपस्थिति रहेको थिए ।




