
मुक्ति पौडेल
धुलाबारी । जिन्दगीभरको पसिनाको कमाईँ ु सपना एउटा सानो झुप्रोको, उमेरले नब्बे टेकेका विशेश्वर बैठा धोबीको जिवनको आफ्नै कथा र कहानी छ । झापा धुलाबारीका धोबीलाई धेरैले धोका दिए फेरि पनि उनको एउटा सपना भने बाँचेकै थियो मर्ने बेला सम्ममा आफ्नो नाममा एउटा झुप्रो सम्म भए पनि तर उनको यो सपना धेरै वर्ष देखि न्यायको खोजीमा छ अर्थात आफु माथि भएको अन्यायको उजुरी लिएर विशेश्वर राजनीतिकदल,जिल्ला प्रशासन कार्यालय देखि मेचीनगरपालिका सम्म पटकपटक गए तर आजका दिन सम्म पनि उनले न्याय पाउन सकेका छैन ।
यस्तो छ उनको कथा
झापाको धुलाबारीमा बसेर लामो समयदेखि कपडा धुने व्यवसाय गर्दै आएका धोबी अहिले एक्लै छन् । अरुका लुगा धोएर जोडेको आनासुकी भेला गरेर उनले आज भन्दा ५वर्ष अघि मेचीनगर १० स्थित टि माई पुल छेउको १० धुर जग्गा उनले साडे साता लाख रुपैयाँमा लिने सहमतिका साथ पाँच लाख २५ हजार बैना समेत थिए । तर, उनलाई जग्गा धनीले जुन जग्गा देखाएर र बैना कागज गरियो पछिल्लो समयमा उनलाई भने बमोजिमको जग्गा नदिएर टि माई खोला भित्रको जग्गा देखाएको धोबीको जिकिर छ । प्रारम्भमा धोबीले जग्गा लिँदा निर्मल श्रेष्ठसँग बैनाको कागज गरेका थिए । बैनाको कागजमा धोबीलाई कि नं १४३को जग्गा दिने भनेर सहमती भएकोमा त्यस पछि निर्मल श्रेष्ठको जग्गा सुनिल शाहले किने पछि उनले धोबीलाई पहिला सर्त गरिएको जग्गा नदिएर कि नं ७२ को जग्गा आफुलाई कि नं १४३ भनेर झुक्याएर पास गरेको उनको आरोप छ । सो जग्गा अहिले टि माई खोलामा पर्छ । बैनाको कागजमा उल्लेख गरिएको सर्त अनुसारको जग्गा नभएपछि धोबीले स्थानीय अगुवा,राजनीतिक दल,जिल्ला प्रशासन र मेचीनगरपालिकामा समेत पटकपटक गएर आफु माथि भएको अन्यायका बारेमा भन्दा समेत कसैले नसुनेको र कतैबाट न्याय नपाएको उनको दुःखेसो रहेको छ ।
डाँडा माथिको घाम जस्तै अवस्थामा समेत जिन्दगीभर आफुले अरुको लुगा धोएर खाईनखाई बचाएको पैसाबाट किनेको जग्गा समेत आफुले नपाउँदा कतैबाट न्याय पाउने आश हराएको धोबीको गुनासो छ । धोबीका अनुसार उनले पहिला जग्गा स्थानीय निर्मल श्रेष्ठसँग लिएका थिए र बैनाको कागज श्रेष्ठसँग गरिएको भएपनि पछि श्रेष्ठको जग्गा राकेश शाह हुदै सुनिल शाह सम्म पुगेको र सुनिलले आफुलाई कि नं ७२ को जग्गा झुक्याएर पास गराएको र पछि आफुले थाह पाएको जग्गामा उनको भनाई छ । जग्गा एउट देखाएर अर्का जग्गा पास गराएपछि आफुले सबैतिर हारगुहार गरेको तर कतैबाट आफु माथि भएको जालसाचीका बारेमा सुनवाई नभएको धोबी बताउँछन् । मेचीनगरपालिका वडा नं १०का वडा अध्यक्ष नारायण खनालले धोबी माथि भएको अन्यायका विषयमा आफु गम्भीर भएको र यो अवस्था र उमेरका मान्छे माथि भएको अन्यायका विषयमा चुप लागेर नबस्ने बताए ।धोबीलाई न्याय दिन र उनलाई झुक्याएर ठगी गर्नेहरुलाई कानुनी कारबाहीको दायरमा ल्याउन पहल गर्ने खनालले बताए । स्थानीय उमेश पोद्धारले धोबी माथि अन्याय भएको उनलाई न्याय दिनु पर्ने बताए ।पोद्धारले एउटा जग्गा देखाएर अर्को जग्गा पास गराउनु कति न्यायोचित छ उनको प्रश्न छ ।



