खेलकुद

नेयमारविनाको पीएसजी पुछारको टोलीसँग पराजित

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो ।

डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मौनिर चोएयरले बराबरी गोल गरे।

दोस्रो हाफको शुरुमै जोन्डर काडिजको गोलाट डिजनले खेलमा २–१ को अग्रता बनायो । खेलमा पछि परेपछि पीएसजीले दोस्रो हाफमा लगतार डिजनलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

६४औं मिनेटमा एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । ६६औं मिनेटमा एमबाप्पेको पासमा इकार्डी बराबरी गोलबाट चुक्यो । लगत्तै लियान्द्रो पारेडेसले प्रहार पनि पोस्टमा लाग्दै बाहिरिदा पीएसजी बराबरीबाट चुकेको थियो । त्यसपछि गोल निस्कन नसक्दा पीएसजी स्तब्ध बन्न पुग्यो ।

हारपछि पनि पीएसजी १२ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको डिजन पुछारबाट उक्लँदै १८औं स्थानमा छ। डिजनको १२ अंक छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button