खबर

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न संयुक्त अपिल

संयुक्त पत्रकार सम्मेलनमा सहभागी शीर्षनेता । तस्बिर : केशब गुरुङ

गोरखापत्र अनलाइन
काठमाडौं। विस्तृत शान्ति सम्झौताका बाँकी काम यथाशीघ्र पूरा गर्न नौ दलले संयुक्त माग गरेका छन्। माओवादी धारका नौ दलले आइतबार राजधानीमा पत्रकार सम्मेलनपछि संयुक्त अपिल जारी गर्दै सो माग गरेका हुन्।

शान्ति सम्झौताको मर्म र भावना अनुरूप शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने चरणमा भएकोले सङ्क्रमणकालीन न्यायको सिद्धान्तद्वारा निर्देशित भएको र विगतमा सो अनुरूपको कानुन निर्माण गरी सत्य निरूपण तथा मेलमिलाप आयोग तथा बेपत्ता नागरिक छानबिन आयोग समेत गठन भएको विज्ञप्तिमा उल्लेख छ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का तर्फबाट उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (माओवादी क्रान्तिकारी) का स्थायी कमिटी सदस्य सिपी गजुरेल, नेपाल समाजवादी पार्टीका उपाध्यक्ष हिसिला यमी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुति’, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजीत बुढाथोकी र माओवादी कम्युनिष्ट पार्टी नेपालका महासचिव रामनारायण पालको हस्ताक्षरमा सो संयुक्त पिल जारी गरिएको छ।

विज्ञप्तिमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित द्वन्द्वकालका सबै मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार पर्ने कुरा स्पष्ट रहेको बताइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button