
मेचीनगर । झापा मेचीनगरपालिका १२ का घनश्याम चिमरिया र कमला चिमरियाले आफ्नो ५० औँ बैवाहिक वर्ष उत्सवका अवसरमा स्थानीय बिध्यालयमा अक्षय कोष स्थापना गरिदिएकाछन् । मातापिताले आफ्नो ५० औँ बैवाहिक वर्ष उत्सवका अवसरमा कालिका आधारभूत बिध्यालयमा १ लाख एक हजार राशीको अक्षय कोष स्थापना गरिदिएको चिमरियाका छोरा तथा माओवादी केन्द्र मेचीनगरका अध्यक्ष राजन चिमरियाले बताए । आज एक संक्षिप्त कार्यक्रमको आयोजनाका साथ सो रकम बराबरको चेक बिध्यालय ब्यवस्थापन समितिका अध्यक्ष पदम सुनवार र बिध्यालयका प्र धानाध्यापक बालकबन्धु रिजाललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
बिसं २०२९ साल फागुन २९ गते लगनगाँठोमा बाँधिएका चिमरिया दम्पतीले आगामी दिनमा समेत आफ्नो बैवाहिक वर्ष उत्सवका अवसरमा सामाजिक कार्यमै यथाशक्य योगदान गर्ने समेत बताए । बिध्यालय ब्यस्थापन समिति र बिध्यालय परिवारको तर्फबाट सुनवार र रिजालले धन्यवाद ज्ञापन गरेका थिए ।



