मूल खबर

क्याम्पसको संरक्षण हामी गर्छौ भन्दै बिनमले लगाए पुनः नयाँ बोर्ड

काँकरभिट्टा । अनेरास्ववियूका बिनम सरदार र उनको टिमले क्याम्पस गेटमा पुनः नयाँ बोर्ड जडान गरेका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले सोमबार काँकरभिट्टा बहुमुखी क्याम्पस गेटमा रहेको बोर्ड जलाएका थिए ।

बिनम सरदारले बोर्ड लगाउदै भने, आन्दोलनकारीले जलाएको बोर्ड पुनः लगाएको छौं । क्याम्पस जस्तो पवित्र ठाउँमा अराजक गतिविधि गर्दै गरेको हामीले हेर्न सकेनौं, सरदारले भने, उक्त गतिविधि रोक्ने क्रममा झडप भयो र सामान्य घाइते भए । आफ्नो क्याम्पस संरक्षणका लागि जस्तोसुकै कदम चाल्न सक्ने उनले बताए ।बिनम सरदार अनेरास्ववियूकोतर्फबाट सभापतिका उम्मेद्वार पनि हुन् ।

जनसंसद अनलाइनबाट

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button