विचार

गलत निर्णयको भागीदार नबन

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दोस्रो पटक बिश्वासको मत लिदासम्मको अवधिमा नेपाली काँग्रेस सरकारमा सहभागी भइसकेको छैन । तर यस अघि नै प्रचण्ड सरकारले बिभिन्न बिवादास्पद नीतिगत निर्णयहरु गरेको छ । यस्तो निर्णय गर्दा मौन समर्थन गरेर बसेको केपी ओलीको पार्टी नेकपा एमाले सरकारमा सहभागी थियो, तर अहिले सरकारबाट हटेपछि आफू संलग्न सरकारले गरेको निर्णयको बिरोध गरेर दोहोरो चरित्र देखाईरहेको छ ।
माओवादीले शसस्त्र बिद्रोह गरेको २०५२ साल फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने घोषणा, मारिएका सबै माओवादी लडाकूलाई शहीद घोषणा गर्ने, अयोग्य लडाकूलाई जनही दुइलाख रुपैयाँ उपलब्ध गराउने, रसायनिक मलमा किसानलाई दिइएको अनुदान कटौति गर्ने लगायतका बिवादास्पद र अलोकप्रिय निर्णय गर्दासम्म काँग्रेस सरकारमा सहभागी भएको छैन । र काँग्रेसले यस्ता बिवादास्पद र जनबिरोधि निर्णयको भागीदार बन्नु हुँदैन । आफू सरकारमा सहभागी भैसकेपछि हुने र भएका निर्णयहरुको जिम्मेवारी लिनैपर्छ । एमालेले जस्तो दोहोरो चरित्र देखाउनु पनि हुँदैन ।
चुनावी गठबन्धन बनाएर जनादेशसहित काठमाण्डौं फर्केका दलहरुबीच कस्ले पहिला सरकारको नेतृत्व सम्हाल्ने भन्ने सवालमा केही मतभेद भएको सूँइको पाएका ओलीले त्यही मतभेदमा चलखेल गरेर क्षणिक सत्तालाभ त लिए, तर त्यो दीगो हुन सकेन । किनकि त्यो गठबन्धनलाई प्रकृतिक जनादेश थिएन । चुनावी जनादेश त प्रतिगमन बिरुद्ध क्रियासिल दलहरुबीच मिलेर आगामी पाँचवर्ष देश सञ्चालन गर्नका लागि थियो । जुन जनादेशको अहिले सम्मान भएको छ । अनि सरकार बनाउँदा ओली नेतृत्को उचचस्तरीय राजनैतिक संयन्त्रमार्फत तयार गरी सार्वजनिक गरिएको सरकारको नीति तथा कार्यक्रमलाई पनि काँग्रेस सरकारमा सहभागी भएपछि केही सुधार र परिवर्तन गर्न आवश्यक छ । गलत निर्णयको भागीदार नबन सचेत बन, अब गल्ती गर्ने छुट छैन ।(लेखक नेपाली काँग्रेस झापाका सचिव हुन् )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button