मूल खबर

कांग्रेसको किचलोले सरकारले पूर्णता पाएन

काठमाडौं । सत्ता गठबन्धनको महत्वपूर्ण दल नेपाली कांग्रेसको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद्ले उपनिर्वाचनअघि पूर्णता नपाउने सम्भावना बढेको छ ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले उपनिर्वाचनअघि मन्त्रीपरिषद्ले पूर्णता पाउने सम्भावना निकै कम रहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘कांग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रीको नाम नपठाएका कारण मन्त्रीमण्डलले पूर्णता पाएको छैन । अब आगामी वैशाख १० गतेको उपचुनावपछि मात्रै मन्त्रिपरिषद्को पूर्णता पाउने देखिएको छ ।’

उहाँले उपनिर्वाचनका कारण प्रधानमन्त्रीले यस विषयमा पर्याप्त छलफल गर्न नपाएको टिप्पणी गर्दै भन्नुभयो– ‘अहिले ६ मन्त्रालय प्रधानमन्त्रीसँगै छन् । त्यसमध्ये ४ मन्त्रालय कांग्रेस, एक जसपा र एक प्रभु वा अमरेशकुमार जीमध्येबाट मन्त्री बनाउने कुरा छ ।’ कांग्रेसले आफ्नो भागमा परेको ८ मन्त्रालयमध्ये गत चैत्र १७ मा चार वटामा मात्रै मन्त्रीमात्रै पठाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौंपटक गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको तर्फबाट ८ मन्त्रीलाई नै शपथ खुवाउने तयारीमा हुनुहुन्थ्यो । तर, आन्तरिक लफडा चर्किएपछि उक्त निर्णयबाट पछि हट्दै उहाँले चार जना मन्त्रीको नाम मात्रै पठाउनुभएको थियो ।सभापति देउवाले एकलौटी निर्णय गरेर इतर समूहलाई हैसियतअनुसारको जिम्मेवारी नदिएको डा. शेखर कोइराला समूहको आरोप छ ।

नेपाल समाचारपत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button