
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल र जिल्ला तथा नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ ।
ढकाल उमेशलाल श्रेष्ठ र वैद्य रामचन्द्र संघाइ प्यानलबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । ढकाल ६१ मतसहित वस्तुगत उपाध्यक्ष बन्नुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत प्राप्त गर्नुभएको छ ।
वैद्य ४३ मत ल्याएर जिल्ला तथा नगर उपाध्यक्ष बन्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र दिनेश श्रेष्ठले ३४ मत पाउनुभएको छ।
महासंघको ३ उपाध्यक्ष मध्ये एशोसिएटतर्फको मतगणना जारी छ । वरिष्ठ उपाध्यक्ष पदको मतगणना भने शुरु भएको छैन । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाइ र अञ्जन श्रेष्ठ प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ ।जनता समाचार



