मूल खबर

फोहोरमा थुप्रिएको ‘राजनीति

फाइल तस्बिर
काठमाडौं । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ।

राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था। सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ। मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको फोहोरले अझै निकास पाउन सकेको छैन।

बागदरबार र सिंहदरबारबीचको ‘वाक दोहोरी’सँगै फोहोरमा छुट्याउन नसकिने गरि राजनीति मिसिएको छ। मेयर साहले फोहो नउठाउनुका विभिन्न १४ कारणसहित सामाजिक सन्जालमा स्पष्टीकरण दिए पनि सरकार त्यसलाई मान्न तयार छैन। उसले फोहोरलाई अन्य समस्यासँग नमिलाउन आग्रह गरेको छ। मेयर साहले सुकुम्बासी समस्यादेखि सडक र ट्राफिक अवरोधसम्मका विभिन्न कुरा जोडेर सरकारले सहयोग नगरेको जिकिर गरेका छन्। नागरिक दैनिकमा छ ।

सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहरमा देखोस् भनेर नै फोहर नउठाइएको उनले बताएका छन्। तर सिंहदरबारको बुझाइ अर्कै छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास लगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्ति र निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button