काठमाडौं
नव नियुक्त सातै प्रदेश प्रमुखको शपथग्रहण आज (मंगलबार) हुँदैछ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नियुक्त गरेका सातै प्रदेशका प्रमुख (गभर्नर) को शपथ राष्ट्रपति कार्यालयमा आज बिहान हुन लागेको हो।
बिहान नाै बजेको लागि शपथग्रहणको कार्यक्रम तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १, तिलक परियारलाई प्रदेश २, विष्णु प्रसाईंलाई प्रदेश ३, अमिक शेरचनलाई गण्डकी प्रदेश, धर्मनाथ यादवलाई प्रदेश ५, गोविन्द्र कलौनीलाई कर्णाली प्रदेश र शर्मिला त्रिपाठीलाई प्रदेश ७ नियुक्त गरेकी छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुख सिफारिस गरेको थियो। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सिफारिस गरेका सात जनालाई नै सरकारले अनुमेदन गरेको हो।
सपथग्रहणपछि आजै प्रदेश प्रमुखहरु आआफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित प्रदेशमा जानेछन्।
‘शपथग्रहणपछि आजै पदभार सम्हाल्न पोखरा जान्छु,’ गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले नेपालखरसँग भने।नेपालखबर



