खेलकुद

बलरको उत्कृष्ट प्रदर्शनसँगै बेंगलोरले लखनऊलाई हरायो

एजेन्सी – ब्याटिङमा सामान्य प्रदर्शन गरेपनि बलरको सानदार बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को ४३ औं खेलमा लखनऊ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको छ।

जितको लागि १ सय २७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको लखनऊ १९.५ ओभरमा १ सय ८ रनमा अल आउट भयो । लखनऊका कृष्णाप्पा गौतमले १३ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २३ रन बनाए । ओपनर काइल मेयर्स डक, आयुष बदोनी ४, क्रुनाल पान्ड्या १४, दीपक हुँडा १, मार्कस स्टोइनिस १३, निकोलस पुरन ९, रवि विश्रोई ५, अमित मिश्रा १९ र नविन उल हकले १३ रन बनाए ।

बेंगलोरका जोश हेजलवुडले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । कर्ण शर्माले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज, ग्लेन म्याक्सवेल, वानिन्दु हसरंगा र हर्षल पटेलले समान एक विकेट लिए ।

त्यसअघि लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन बनायो । बेंगलोरका फाफ डु प्लेसिसले ४० बलमा १ चौका र १ छक्कासहित ४४ रन बनाउँदै खेलको प्लेयर अफ द म्याच चुनिए ।

विराट कोहलीले ३० बलमा ३ चौकासहित ३१ रन बनाए । पहिलो विकेटका लागि कोहली र डु प्लेसिसले ९ ओभरमा ६२ रनको साझेदारी गरेका थिए । तर मध्यक्रमका ब्याटर भने लगातार आउट भए । अनुज रावत ९, ग्लेन म्याक्सवेल ४, सुयश प्रभुदेशाई ६, दिनेश कार्तिक १६ र महिपाल लोमरोर ३ रनमा आउट भए ।

लखनऊका नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । रवि विश्रोईले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अमित मिश्राले ३ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । बेंगलोर ९ खेलमा ५ मा जित र ४ मा हारसहित पाँचौं स्थानमा छ । लखनऊ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button